१ सय २२ किलो गाजा सहित मकवानपुरबाट एक जना पक्राउ

मकवानपुर । मकवानपुरबाट १ सय २२ किलो लागु औषध गाजा सहित एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेष सूचनाको आधारमा मनहरी गाउँपालिका वडा नंबर –९ जयसिंहबाट राक्सीराङ गाउँपालिका वडा नंबर २ का नरबहादुर मुक्तानलाई पक्राउ गरेको हो ।

सडकमा गाजा कुरिरहेको अवस्थामा मोक्तानलाई पक्राउ गरिएको र सो स्थानबाट १ सय २२ किलो गाजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*