मुख्यमन्त्री पाण्डेद्धारा मन्त्रिपरिषद् विस्तारको तयारी, को-को बन्दैछन् मन्त्री ?
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले आज विहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
गएको कात्तिक ११ गते मुख्यमन्त्रीको शपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेको पाण्डेले आज थप दुई सदस्यीय मन्त्री थप्ने तयारी गरेका छन् ।
पाण्डेले माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्री बनाउन लागेका हुन् ।
मुख्यमन्त्री पाण्डले जम्मकट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय र लामालाई स्वास्थ्य मन्त्रालायको जिम्मेवारी दिने तयारी गरेको स्रोतले बतायो ।
























