सर्वोच्चमा वकिल र प्रहरीबीच घम्साघम्सी, भोलि सबै इजलास बहिष्कार गरिने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै चर्किएको न्यायालयभित्रको आन्दोलन झन उग्र बन्दै गएको छ ।

आज सर्वोच्च परिसरमै विरोध वकिलहरुले प्रदर्शन गरिरहँदा प्रहरीले हस्तक्षेप समेत गरेपछि स्थिति झन् चर्किएको छ ।
सो क्रममा नेपाल बार एसोसियसनका महासचिव लीलामणि पौडेल सामान्य घाइते भएको जनाइएको छ ।

प्रहरीले हस्तक्षेप गरेपछि विरोध उग्र बनेको छ । अहिले सर्वोच्च परिसरमै उनीहरूले प्रधानन्यायाधीश र प्रहरीविरुद्ध नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरुले भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे, प्रहरी हस्तक्षेप बन्द गर लगायत नारा लगाएका छन् ।

यसै क्रममा नेपाल बार एसोसिएसनले भोलि शुक्रबार सर्वोच्च अदालतका सबै बेन्च (इजलास) बहिस्कार गर्ने घोषणा गरेको छ ।

सर्वोच्च अदालतका अधिकांश न्यायाधीश, कानुन व्यवसायी र बार एसोसिएसन प्रन्या जबराको राजीनामा माग्दै आन्दोलनमा छन् ।

शुक्रबार सर्वोच्चका सबै इजलास बहिस्कार गर्ने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आजको विरोध सभामा जानकारी गराएका छन् । उनले भ्रष्टाचार, अनियमितता सबैको नाइके प्रधानन्यायाधीश भएको अब राजीनामा नदिए पदच्युत गर्नुपर्ने आफूहरूको माग रहेको समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*