अनेरास्ववियु पाटन क्याम्पस कमिटीले गर्यो पेट्रोलियम पदार्थको मुल्य वृद्धिको बिरोध

काठमाडौं ।  अनेरास्ववियु पाटन संयुक्त क्याम्पस कमिटीले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको बिरोध गरेको छ । बिरोध कार्यक्रम संयोजन कमिटी का कार्यवाहक अध्यक्ष सोम बहादुर तामाङले गर्नु भएको थियो भने केन्द्रिय कमिटी का सदस्य जगत लामा र पवन शाही ले सरकारको चर्को बिरोध गर्दै तत्काल मुल्य वृद्धि फिर्ता माग गरेका थिए ।

यस्तै मुल्य वृद्धि फिर्ता नभए निरन्तर अनेरास्ववियु कठोर आन्दोलन गर्न बाध्य हुने भन्ने कुरा को जानकारी पाटन संयुक्त क्याम्पस का उपाध्यक्ष अन्जन सापकोटा ले जानकारी दिएका छन ।

नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैया, डिजलमा ३ रुपैया, मट्टितेलमा ३ रुपैया, हवाई ईन्धनमा ५ रुपैया र एल.पी ग्यासमा ७५ रुपैया मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकताको बेवास्ता गर्दै सरकार पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गरेको छ अन्यथा अनेरास्ववियु मुल्य वृद्धि विरुद्ध जस्तोसुकै प्रतिकार गर्न बाध्य हुने भनिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*