एमालेका सचिव योगेश भट्टराई भोलि मनहरी आउने

हेटौंडा । नेकपा एमालेका सचिव योगेश भट्टराई मनहरी आउने भएका छन् ।

मंसिर २ गते (भोलि) मनहरी-९ रजैयाको अग्निहोत्रा आश्रममा हुने एमाले मनहरी गाउँपालिका कमिटीको शपथग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सचिव भट्टराई मनहरी आउने कार्यक्रम तय भएको एमाले मनहरीका अध्यक्ष नविन सुवेदीले जानकारी दिए ।

गएको कात्तिक १३ गते भएको पालिका अधिवेशनले सुवेदीको नेतृत्वमा ७५ सदस्सीय पालिका कमिटी निमार्ण भएको थियो ।

कमिटीको उपाध्यक्षमा मोहन लाल थिङ र सचिवमा पोषकबाबु विष्ट रहेका छन् भने दुई उपसचिव चयन हुन बाँकी रहेका छन् । भोलिको कार्यक्रमा दुई उपसचिव घोषणा गर्ने कार्यक्रम समेत रहेको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*