हेटौंडामा रगत अभाव भएपछि रक्तदान गर्न अनुरोध

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा रगत अभाव भएको छ । रक्त सञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले रगतको अभाव जानकारी दिए ।

चाडपर्वको कारण रक्तदान कार्यक्रमहरु संचालन नहुँदा रगतको अभाव भएको प्रमुख दाहालले बताए । उनले भने,’पहिले दैनिक विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रमहरु हुन्थो । तिहार तथा छठ पर्वको कारण रक्तदान कार्यक्रम नहुँदा केहि दिन रगत अभाव भएको हो भोलिबाट पुनः विभिन्न रक्तदान कार्यक्रमहरु संचालन हुँदै छ । भोलि पदमपोखरिमा रक्तदान कार्यक्रम हुँदै छ । रगत अभावको समस्या हट्ने छ ।’

उनले रक्तदान गर्न चाहानेहरुलाई रक्त सञ्चार केन्द्र हेटौंडा राप्तीरोडमा आएर रगत दिने सकिने समेत बताए । रगत हरेक ३ महिनामा परिवर्तन भइरहने हुँदा शरीरमा खेर जाने रगतलाई बिरामीको उपचारकको लागि दिन सकिने बताए ।

हेटौंडाको क्रियाशील विभिन्न सामाजिक तथा राजनीतिक दलको संघ संगठनलाई रक्तदान कार्यक्रम आयोजना गर्न रक्त सञ्चार केन्द्र हेटौंडाले अनुरोध गरेको छ ।

रगत अभाव भएको जानकारी आएसंगै बिहिबार बिहान रक्त सञ्चार केन्द्र हेटौंडामा १० जनाले रक्तदान गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संगका सदस्य नरेन्द्र भण्डारी,नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिवहरी दाहाल लगाएतले रगत दान गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*