हेटौंडाको पदमपोखरीमा ४९ जना एमालेमा प्रवेश

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले यहाँको विकास र समृद्धीका लागि आफू निरन्तर लागिपरेको वताउनु भएको छ । नेकपा एमाले हेटौंडा–१३ को आयोजनामा पार्टी प्रवेश कार्यक्रमलाई संबोधन गर्दै उहाँले यहाँका हरेक स्थानमा विकासका ढोका खोलीएको वताउनुभयो ।

कार्यक्रममा बिभीन्न पाटी परित्याग गरेर ४९ जना एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेलाई मेयर हरि बहादुर महतले तिका र खादा ओढाएर सम्मान गर्नुभयो । अहिले एमालेमा प्रवेशको लहर समेत वढेको उहाँले वताउनुभयो । पदमपोखरीमा पछील्लो समयमा एमालेमा प्रवेशको लहरनै चलेको छ । पहिले पनि चार पटक गरिएको एमालेको कार्यक्रममा बिभीन्न पाटी परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*