हेटौंडा । प्रहरी प्रधान कार्यालयले २२ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।
शनिबार कार्यालयले निकालेको सरुवा सूचीमा मकवानपुर जिल्लाका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरको पनि सरुवा भएको छ ।
राठौरको ठाउँमा एसपी सुरेन्द्र बहादुर गुरुङ आउने सूचनामा उल्लेख छ ।