सम्पर्क मञ्चले एमाले महाधिवेशनमा जनपरिचालन गर्ने
मकवानपुर, ५ मंसिर । नेकपा एमालेको चितवनमा हुनगईरहेको आसन्न १० औँ ऐतिहासिक महाधिवेशनका लागि मकवानपुर–काठमाडौ सम्पर्क मञ्चले जनपरिचालन गर्ने भएको छ ।
मञ्चले जन परिचालन र सहभागिताका लागि भोलि पाटन संयुक्त क्याम्पसमा भेला आयोजना गर्ने भएको हो । शनिबार मञ्चका अध्यक्ष जगत लामाको अध्यक्षतामा बसेको बैठकले मकवानपुरका १० वटै स्थानीय तहमा घर भई हाल काठमाडौ उपत्यकामा रहेका सबैलाई महाधिवेशनमा परिचालन गर्ने र सहभागी गराउने भन्ने विषयमा सोमबार बैठक बस्ने बताइएको छ ।
सोमबार दिउँसो ३ बजे सम्पुर्ण नेता कार्यकर्ता पाटन संयुक्त क्याम्पसमा बृहत भेला हुने गरी बैठक बोलाईएको मन्चका अध्यक्ष जगत लामाले बताए ।
























