हेटौंडा अस्पताललाई ‘ए ग्रेड’ को एम्बुलेन्स हस्तान्तरण

हेटौंडा । हेटौंडा अस्पताललाई ‘ए ग्रेड’ को एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

हेटौंडा अस्पताललाई नेपाल भारत सहयोगमा आएको आइसियु र मेडिकल विशेषज्ञ सहितको सुविधा भएको एम्बुलेन्स स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले एक कार्यक्रमकाबीच अस्पतालका मेसु डा रामचन्द्र सापकोटालाई हस्तान्तरण गरेका हुन् ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले हेटौंडा बागमती प्रदेशको राजधानी भएकोले यहाँ प्रदेशस्तरको अस्पतालका रुपमा हेटौंडा अस्पताललाई स्तरोन्नती गरिने बताए । उनले अस्पतालको लागि मन्त्रालयको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*