एमालेलाई जनताले तह लगाए – प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगनकारी एमालेलाई जनताले तह लगाएको बताउनुभएको छ ।
एमालेलाई प्रतिक्रान्तिकारीको भएको आरोप लगाउँदै उहाँले बालुवाटार र सबै प्रदेशबाट गलहत्याइएको जिकीर गर्नुभयो ।
‘बालुवाटारबाट गलहत्याएर बालकोट र सातै प्रदेशबाट गलहत्याएर घरघरमा पुर्याउने काम जनताले गरेका छन्,’ चितवनको एक कार्यक्रममा उहाँले भन्नुभयो ।
क्रान्तिकारी र जनताबीच पुनस् भरोसा र विश्वास बढेको अध्यक्ष प्रचण्डले उल्लेख गर्नुभयो । माओवादी केन्द्र केही सुस्ताएको भएपनि फेरि जागेका जागेको भनेर जनतासामु भनिनुपर्ने उहाँले बताउनुभयो ।
हालसम्मको देशको परिवर्तन माओवादीले नै गरेको जनतालाई बुझाउनु पर्ने भन्दै देशभरी संगठन बिस्तारलाई तिव्रता दिनुपर्ने उहाँले उहाँको भनाइ छ ।
























