आज एमाले मकवानपुरको बृहत मोटरसाईकल र्याली हुँदै
हेटौंडा । चितवनमा हुने नेकपा एमलेको १० औं महाधिवेशनको पूर्व सन्धायमा हेटौंडामा आज दिउँसो बृहत मोटर साईकल र्याली हुने भएको छ ।
महाधिवेशनको पूर्व सन्धायमा महाधिवेशनको प्रचार प्रसारको लागि उक्त मोटरसाईकल र्यालीको आयोजना गरिएको एमाले मकवानापुरका सचिव एवं र्याली व्यवस्थापन समितिका संयोजक एकलाल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मोटरसाईकल र्याली आज दिउँसो १ बजे हेटौंडा ४ स्थित हुप्राचौरबाट सुरु हुने छ । हुप्रचौरबाट औद्यौगीक क्षेत्र हुँदै चिसापानी,चौघोडा,सोनोपोखरा,कान्तिराजपथ,मानसचोक,चौकीटोल हुँदै बुद्धचोक,राप्तीरोडबाट बाईपास हुँदै मेनरोडबाट सिमाचोकमा आईपुगेर कोणसभामा परिणत हुने बताईएको छ ।
सचिव श्रेष्ठले सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक एवं शुभचिन्तकहरुलाई र्यालीमा सहभागि हुन अनुरोध गरेका छन् ।
























