कसैलाई करकापमा पारेर सहमतिमा ल्याउँदिन – एमाले अध्यक्ष ओली

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न महाधिवेशनमा आफूले कसैलाई करकापमा पारेर सहमतिमा ल्याउने प्रयास नगर्ने स्पष्टीकरण दिएका छन्।

उनले मंगलबार सम्पादकहरुसँगको अन्तर्क्रियामा आफूले कसैलाई जोडबल गरेर सहमतिमा आउनुहोस् भन्ने नचाहेको बताएका छन्। ‘लोकतन्त्रमा चुनावमा उठ्न पाइन्छ, म कसैलाई जोडबल गरेर सहमतिमा आउनुहोस् भन्दिन,’ उनले कार्यक्रममा क्रममा भने।

त्यस्तै उनले अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएर आफूलाई चुनौती नदिएको दाबी गरे। ‘भीम रावलको मप्रति अपार माया छ, उहाँले मलाई चुनावमा नउठ्न भन्नुभएको छ, त्यो मेरो उहाँप्रतिको माया हो,’ उनले कार्यक्रममा भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*