एमाले महाधिवेशनको उद्घाटन सभा सुरु
चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह चितवनमा सुरु भएको छ । उदघाटन समारोहलाई एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सम्बोधन गरिरहेका छन् । एमालेका अन्य नेताहरु र पाहुनाहरू मञ्चमा आसिन छन् ।

महाधिवेशनको उदघाटन समारोहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीका साथै ६ नेताहरुले सम्बोधन गर्ने टुंगो लागेको छ । एमाले महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि चितवन पुगेका छन् ।
























