प्रधानमन्त्रीजीलाई प्रमुख अतिथि बनाइएको छ, कुनै टिप्पणी गर्दिन -ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि बनाइएका प्रधानमन्त्री शेरबहादुर देउवाको कुनै टिप्पणी नगर्ने बताएका छन् ।

शुक्रबार चितवनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै आफ्नो खुट्टा तान्नेहरु अहिले प्रधानमन्त्री देउवाको खुट्टा समातिरहेको बताउदै अध्यक्ष ओलीले यसबारेमा टिप्पणी गर्न नचाहेको बताए ।

उनले भने, ‘अहिलेको सरकारको सम्बन्धमा म केही भन्न चाहन्न । सम्माननीय प्रधानमन्त्रीजीलाई हामीले आमन्त्रण गरेका छौं । प्रधानमन्त्रीजीलाई मञ्चमा अतिथि बनाएर राखेर टिप्पणी गर्नु बान्छनीय हुँदैन ।’

यसअघि अध्यक्ष ओलीले आफ्ना खुट्टा तान्नेहरु अहिले प्रधानमन्त्री देउवाको खुट्टा समातिरहेको बताए । तैपनि यसबारेमा टिप्पणी नगर्ने ओलीले बताए ।

उनले भने,‘प्रधानमन्त्रीजी शायद काम गर्न चाहनुहुन्थ्यो कि ?  प्रधानमन्त्रीजीलाई काम गर्न पनि गाह्रो छ कि ? मलाई अप्ठ्यारो पार्ने, मेरो खुट्टा तान्नेहरु आज उहाँको खुट्टा समातिरहेका छन् । त्यसरकाण उहाँलाई पनि अप्ठ्यारा छन् कि ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*