ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्यासल र एपीएफबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

आज सातदोबाटो च्यासल पहिलो जितको खोजीमा हुनेछ । च्यासल पहिलो खेलमा थ्री स्टारसँग ३(० ले पराजित भएको थियो ।

च्यासल अंक विहीन रहदै तालिकाको पुछारमा रहेको छ ।

एपीएफ पनि पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३(२ गोल अन्तरले पराजित भएको थियो ।

एपीएफ अंक विहीन रहदै ११ औं स्थानमा रहेको छ ।

लिग अन्तर्गत नै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र हिमालयनबीचको खेल ४स्४५ बजे सुरु हुनेछ ।

कीर्तिमानी आठ पटकको विजेता मनाङ लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १(० ले हराएको थियो । मनाङ ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

मनाङविरुद्ध मैदान उत्रदा हिमालयन पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा हिमालयनले संकटा क्लबसँग १(१ गोलको बराबरी खेलेको थियो । हिमालयन १ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*