सकस बन्दै एमाले नेतृत्व छनोट, नेताहरू आन्तरिक छलफलमा

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनबाट नेतृत्व चयन प्रक्रिया सकस बन्दै गएको छ । बन्दसत्रको आज दोस्रो दिन हो । बिहानैबाट नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

ओली अहिले पार्क सफारी होटलमा छलफल गरिरहेका छन । उता रावल पनि आफू बसेको होटलमा निकट नेताहरूसँग छलफल गरिरहेका छन् ।

ओलीले सर्वसम्मतरूपमा आफू अध्यक्ष बन्न चाहना गरिरहेका छन् । केन्द्रीय पदाधिकारी र केन्द्रीय कमिटीको जिम्मा बन्द सत्रको हलले अध्यक्ष ओलीलाई दिएको थियो । त्यसपछि अध्यक्षका दाबेदार रावलले आफ्नो असन्तुष्टि राखेका थिए ।

ओली सर्वसम्मत अध्यक्ष बन्ने तयारी गरिरहँदा रावलको चुनौती भारी बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*