सुवास नेम्बाङलाई वरिष्ठ उपाध्यक्ष बनाउन ओलीलाई दबाब

सौराह – नेता सुवास नेम्वाङलाई जसरी पनि वरिष्ठ उपाध्यक्ष बनाउन एमालेभित्रका जनजाति नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिएका छन्।

नेता नेम्वाङले पनि आफूले तमाम गाली सहरे विगतमा साथ दिएको र केही पनि नमागेकाले वरिष्ठ उपाध्यक्ष पाउनुपर्ने ओलीसँग अडान लिइरहेका छन्।

नेता नेम्वाङले शनिबार राति ओलीसँगको भेटमा ‘अहिलेसम्म जनजाति भनेर मैले केही मागेको छैन। गाली सहरे साथ दिएँ। अहिले आएर वरिष्ठ उपाध्यक्ष दिन नहुने कारण के छरु’ भनेर प्रश्न गरेको उनी निकट स्रोतले जानकारी दिएको छ।

नेता नेम्वाङ ओली बसेकै पार्क सफारी होटलको कोठा नम्बर १०१ मा छन्। आइतबार बिहान जनजाति नेताहरु नेम्वाङको कोठामा भेला भएर त्यहाँ छलफल गरी ओलीलाई भेट्न गएका थिए। उनीहरुले जसरी भए पनि नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने माग गरेका छन्।

जनजाति नेताहरुले दुई वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेर भए पनि नेम्वाङलाई समेट्नुपर्ने भन्दै ओलीलाई दबाब दिएका छन्।

वरिष्ठ उपाध्यक्षका लागि ईश्वर पोखरेलको पनि दाबी छ। यस्तै अध्यक्षमा दाबेदारी दिएका नेता भीम रावलले सर्वसम्मत वरिष्ठ उपाध्यक्ष पाए अध्यक्षको होडबाट बाहिरिने संकेत गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*