एमाले महाधिवेशन – सर्वसम्मतिको प्रयास एकातिर , अर्कोतिर भीम रावलको चुनावी प्रचार
चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका भीम रावलले चुनावी प्रचार सुरु गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तजबिजमा पदाधिकारी र सदस्यहरुको नामावली निर्वाचित गर्नका लागि तयार गरिरहँदा उपाध्यक्ष रावलले निर्वाचन केन्द्रीत गतिविधि सुरु गरेका हुन् ।
आइतबार बन्दसत्र हलबाहिर रावलले अध्यक्ष पदमा ुमेरो उम्मेदवारी किन रुु भन्दै ३१ पन्ने पर्चा नै प्रतिनिधिहरूलाई बाँडिरहेका छन् । यद्यपि स्वयंसेवकहरूले भने प्रतिनिधिबाट ती पर्चाहरू खोसिरहेका छन् ।
























