एमाले निर्वाचन – २११४ मत खस्यो , चार घण्टाभित्र नतिजा आउने

काठमाडौं – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २११४ मत खसेको छ । निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले कुल २१५३ मतदातामध्ये २११४ मत खसेको जानकारी दिए । एमालेको नयाँ नेतृत्व चयनका लागि बिहानदेखि मतदान भएको थियो भने अब मतदान सकिएसँगै मतगणनाको तयारी भइरहेको छ ।

एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान भएको हो । एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्दैछन् ।

अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्व माओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।

मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदान बिहान साढे १० बजे सम्पन्न भएको हो । निर्वाचन अधिकृत हरिशरण दाहालका अनुसार मतदान सम्पन्न भएको चार घण्टाभित्र परिणाम आउने छ । दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*