सौराहा । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा केपी शर्मा ओली अध्यक्षमा भारी मत अन्तर प्राप्त गरी विजयी भएका छन् ।
निर्वाचन अधिकृत कमल पाठकका अनुसार ओलीले १९०० मत पाउँदा भीम रावलले १९६ मत प्राप्त गरेका थिए । ओलीले निटकतम प्रतिद्वन्द्वी रावलभन्दा १७०४ बढी मत ल्याएर विजयी भएका हुन् ।