उपाध्यक्षमा अष्टलक्ष्मीलाई सबैभन्दा धेरै मत , घनश्याम भूसाल पराजित

काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् ।

त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् ।

निर्वाचन समितिले आधिकारिक रुपमा मत परिणाम सार्वजनिक भने गरेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*