सभापतिमा बानियाँले गरे प्यानल घोषणा
मंसिर १७,हेटौंडा । नेपाली कांग्रेसको १४औ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको प्रथम अधिवेशनमा बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँले पार्टी सभापति शेर बहादुर देउवा पक्षबाट आफ्नो प्यानल घोषणा गरेका छन् ।
केहिबेर अघि हेटौंडामा पत्रकार सम्मेलन गर्दै बानियाँले देउवा पक्षबाट आफ्नो नेतृत्वमा प्यानल घोषणा गरेका हुन् ।
बानियाँ प्यालनका उम्मेद्वारहरु सभापतिमा इन्द्रबहादुर बानियाँ,उपसभापतिहरु,मदन कृष्ण श्रेष्ठ,धर्मराज गौतम,महामन्त्रीहरु राजु श्रेष्ठ,तिलक रुवाली ,सह–महामन्त्रीहरु हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्का यसअघि बिहिबार हिजो साँझ सस्थापन इतरको समूहबाट जगदिश्वर नरसिंह केसीले बागमती प्रदेश सभापतिको लागि आफ्नो प्यानल सार्वजनिक गरेका थिए ।
उनले आफ्नो प्यानलमा उपसभापतिहरुमा मोहनबहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी,महामन्त्रीहरुमा कञ्चनबादे श्रेष्ठ र माईकल रामचन्द्र अर्याल रहेको जानकारी दिएका थिए ।
























