राप्रपा महाधिवेशन – २३५ जना महाधिवेशन प्रतिनिधि मनोनयन

मङ्सिर १७ , हेटौंडा । एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा बुधबारदेखि महाधिवेशन जारी छ । त्यसअन्तर्गत आज (शुक्रबार) उम्मेदवारी दर्ता गरिँदै छ ।

चुनाव भने भालि शनिबार गर्ने राप्रपाको तयारी छ । यसैबीच राप्रपाका अध्यक्षत्रयले २३५ जना महाधिवेशन प्रतिनिधि मनोनयन गरेका छन् ।राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनयन गर्न पाउने व्यवस्थाअनुरूप अध्यक्षहरू कमल थापा, पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीले महाधिवेशन प्रतिनिधि मनोनयन गरेका हुन् । जसको सूची राप्रपाको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा टाँसेको छ ।

यसअघि बिहीबार समितिले ४४७१ जना प्रतिनिधिको सूची सार्वजनिक गरिसकेको छ । त्यसमा अब २३५ जना थपिने भएका छन् । जसमा मकवानपुरका शुक्र प्रजा,अर्जुन ढुङ्गना,गणेश थापा र मधु अधिकारी पनि परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*