राज्यको सबै क्षेत्रमा ४० प्रतिशत युवा सहभागिता अनिबार्य : सापकोटा

१८ मंसिर,हेटौंडा । अनेरास्ववियु पुर्व केन्द्रिय सदस्य अन्जन सापकोटाको नेतृत्वमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ का युवाहरुले आज अनौपचारीक कार्यक्रमको आयोजना गरेकोे छ । कार्यक्रममा नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्य रामेश्वर रानालाई सम्मान गरिएको थियोे ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका जिल्ला अध्यक्ष बद्रि प्रसाद लम्साल, जिल्ला समन्वय समितिका सभापति रधुनाथ खुलाल, राष्ट्रिय युुवा संघ नेपालका स्थायी कमिटि सदस्य बागमति प्रदेश ,प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई ,राष्ट्रिय युुवा संघ नेपालका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै अन्जन सापकोटाले आगमी स्थानिय, प्रदेश र संघिय चुनावमा जनपरिचालन र राज्यको सबै क्षेत्रमा ४० प्रतिशत युवा सहभागिता अनिबार्य हुनुपर्नेे बताए ।

कार्यक्रमा अनेरास्ववियु स्थायी कमिटि सदस्य सन्तोष पौडेल तथा मकवानपुरका उपाध्यक्ष भुवन मैनालीको पनि उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*