सुरु भयो कांग्रेस बागमती प्रदेश अधिवेशनको मतदान

हेटौंडा । हेटौंडा स्थित वनविज्ञानमा जारी अधिवेशन अन्तर्गत आज बिहान ९ बजेबाट सुरु हुने भनिएको नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशनको मतदान केहि समय अघिबाट सुरु भएको छ ।

मतदान निर्धारण गरिएको समय भन्दा करिब ७ घण्टा ढिलो सुरु भएको छ । मतपत्र छाप्ने काम ढिलाई हुँदा निर्वाचन ढिला भएको थियो ।

नेतृत्वको लागि सभापतिको उम्मेद्वारहरुमा इन्द्रबहादुर बानियाँ,जगदीश्वरनरसिंह केसी र भिमसेनदास प्रधान रहेका छन् ।

बानियाँ पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट,केसी र प्रधान क्रमशः रामचन्द्र पौडेल समूह र कृष्णप्रसाद सिटौला समूहबाट चुनावी मैदानमा छन् ।

अधिवेशनमा सुरक्षाको लागि मतदान स्थल,निर्वाचन कार्यालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*