कांग्रेस बागमती प्रदेश निर्वाचनको नतिजा सार्वजनिक

हेटौंडा । गत शनिबार सम्पन्न कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक भएको छ।

सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उप-सभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन् । बस्नेतले १०५९ मत र महर्जनले १०३७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी महामन्त्रीमा कंचन बादे र राजु श्रेष्ठ निर्वाचित भएका छन् । बादेले ९९५ र श्रेष्ठले ९१० मत प्राप्त गरेका छन् । यसैगरि महामन्त्रीका अर्का उम्मेदवार माइकल रामचन्द्र अर्याल भने झिनो मतान्तरले पराजित भएका छन् ।

त्यसैगरी सह(महामन्त्री महिलामा जीवन डङ्गोल निर्वाचित भएकी छन् । उनले ९४९ मत प्राप्त गरेकी छन् । सहमहामन्त्री खुला तर्फ ॠषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भएका छन् । घिमिरेले ९१६ मत प्राप्त गर्दा श्रेष्ठले ८३९ मत प्राप्त गरेका छन् ।

यसअघि,बागमती प्रदेश सभापतिमा ईन्द्रबहादुर बानियाँ निर्वाचित भइसकेका छन। उनले सभापतिका अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीलाई पराजित गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*