सभापतिको दौडबाट पछि हट्दिन – प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकामान सिंहले १४ औँ महाधिवेसनमा आफू सभापतिको दौडबाट पछि नहट्ने स्पष्ट पारेका छन् ।

बिहीबार काठमाडौंको बानेश्वरमा सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पार्टीलाई विधि विधान अनुसार चलाउन र समावेशी रुपमा पार्टीलाई अगाडि बढाउन आफ्नो सभापतिमा दाबी रहेको र सभापतिको दाबीबाट पछि नहट्ने स्पष्ट पारेका हुन् ।

उनले पार्टी भित्रको शक्ति राजनितिका कारण नेपाली काङ्ग्रेसले जनताले सोचेअनुरुप ट्रयाक समाउन नसकेको बताए । नेपाली काङग्रेसलाई विशुद्ध प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गराउने एजेण्डाका साथ सभापति पदका लागी दाबी गरेको उनको भनाइ छ ।

कार्यक्रममा नेता सिंहले नेपाली काङग्रेसलाई एकताबद्ध हुन किसुनजीले गरेको त्यागलाई कुनैपनि नेताले आत्मसाथ गर्न नसकेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*