कांग्रेसको मतदान जारी , चार सय बढी मत खस्यो

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ। मतदान सुरु भएसँगै केही शीर्ष नेताहरुले मतदान गरेर बाहिरिसकेका छन् भने केही शीर्ष नेताहरु लाइनमा छन्।

अहिलेसम्म करिब चार सय बढी मत खसेको मिडिया संयोजक डा। सुरेश आचार्यले जानकारी दिए। मतदान समय अपरान्ह ५ बजेसम्मका लागि तोकिएको छ। बिहान ८ बजे सुरु हुने भनिएको मतदान साढे तीन घण्टा ढिलो गरी झण्डै साढे ११ बजे सुरु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*