माओवादी बागमती प्रदेश कमिटीमा मकवानपुरका १९ जना , पदाधिकारी भने टुङ्गो लागेन
हेटौंडा । नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश समितिको प्रथम सम्मेलन सम्पन्न भएको छ ।
शनिबार सुरू भएको सम्मेलनले २ सय ७५ जनाको प्रदेश समिति सर्वसम्मतरुपमा चयन गरे पनि कमिटीको पदाधिकारी भने टुङ्गो लगाउन सकेको छैन् ।
मंगलबार (भोलि) बस्ने समितिको पहिलो बैठकले सहमतिमा अध्यक्ष लगायतका पदाधिकारी चयन गर्ने बताईएको छ ।
कमिटीमा मकवानपुरबाट १९ जना चयन भएका छन् ।
यि हुन् प्रदेश कमिटीमा मकवानपुरबाट चयन भएकाहरुः
१. प्रेमबहादुर पुलमी (छिन्तुु)
२. बिष्णु बिष्ट (आदर्श )
३. ओमबहादुर घलान (प्रदिप)
४. वीर बहादुर घलान (ज्वाला)
५. प्रल्हाद लामिछाने (समीर)
६. सर्केस घलान (मधु)
७. भिम पाख्रिन
८.ललित बहादुर घलान (धुर्ब)
९.बीरबहादुर राई (विवेक)
१०. सागर बानियाँ (शंकरराज)
११. प्रमिला लामा पुलामी (श्रद्धा)
१२. लक्ष्मी पाख्रिन (डोल्मा)
१३. सीता पुलामी (रेखा)
१४. मान कुमारी नेपाली (आशा)
१५. लक्ष्मी माझी (कृपा)
१६. बच्छु खड्का गोले (सुनिता)
१७. लबशेर बिष्ट
१८. ज्याेति रायमाझी (प्रदेश सल्लाहकार)
१९. ईन्द्र श्रेष्ठ (प्रदेश कार्यालय)
























