देशमा अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको ओलीको भनाई

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको बताएका छन्।

केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा अस्थिरता ल्याउन प्रचण्ड र माधवकुमार नेपाल सक्रिय भएको आरोप लगाएका हुन् । ‘देशमा अस्थिरता ल्याउन प्रचण्ड कम्पनी र माकुने कम्पनी सक्रिय छ,’ ओलीले भने।

कांग्रेस र माओवादीको आन्दोलनमाथि टिप्पणी गर्दै ओलीले ती आन्दोलनपछि देशको स्वाभिमान र सार्वभौमसत्तामा आँच आउने काम भएको आरोप लगाए। कांग्रेस खराब तत्वसँग साँठगाँठ गर्ने र वामपन्थी शक्तिविरुद्ध लाग्ने गरेको आरोप लगाएका ओलीले प्रतिगामीको मतियार हुन कांग्रेसले छोड्नुपर्ने बताए।

ओलीले धर्तीलाई मनवोचित बनाउनु पर्ने बताए। केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले धर्तीलाई मनवोचित बनाउन आफ्नै देशबाट सुरुवात गर्नुपर्ने बताएका हुन्।

यसका लागि सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। तर, देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको भन्दै उनले यसलाई रोक्नुपर्ने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*