उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत उपसभापति पदका लागि भएको मतदानपछिको मत गणनामा पूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा विजयी भएका छन् ।

दुई उपसभापतिका लागि ७ जना चुनावी मैदानमा थिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको मतगणनाको अन्तिम परिणाम अनुसार उपसभापति पदमा शेरबहादुर देउवा प्यानलका खड्का र शेखर कोइराला प्यानलका गुरुङ विजयी भएका हुन्।

यसअघि खड्का महामन्त्री थिए भने गुरूङ केन्द्रीय सदस्य । देउवा प्यानलका गच्छदार तेस्रो भए भने शेखर प्यानलकै चन्द्र भण्डारी चौँथो भए । गत सोमबार भएको मतदानमा ४६७९ मत खसेको थियो ।

निर्वाचन समितिकाअनुसार खड्काले २१२१ भोट ल्याए, गुरूङले १९०८ र गच्छदारले १९०६ भोट ल्याए । गुरूङले गच्छदारलाइ २ भोटले मात्र हराएका हुन् ।

त्यस्तै चन्द्र भण्डारीले १५८० भोट ल्याउँदा सुजता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत ल्याए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*