अपाङ्गता भएका विद्यार्थीलाई राख्न भवन निर्माण सुरु

हेटौंडा । हेटौंडामा अपाङ्गता भएका विद्यार्थीलाई राख्न भवन निर्माणको काम सुरु भएको छ । सि आशा फाउन्डेशनद्वारा संचालित आशा विशेष पाठशाला तथा पुनस्थापना केन्द्रको भवन शिलान्यास गरिएको छ ।

अध्यापन गराउनका लागि बिद्यालय भवन भएपनि आवास गृह नभएकाले यसको निर्माणका लागि काम सुरु गरिएको हो । यस विद्यालयमा मकवानपुरमा अपाङ्गता भएका बालबालिकाहरु अध्ययनरत रहेका छन् । उनीहरुका लागि आवास गृह निर्माण गर्न लागिएको हो ।

भवनको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यास गरे । कार्यक्रममा बोल्दै मेयर महतले अपाङ्गता भएकाहरुलाई बस्नको लागि यो भवन निर्माण उपयोगि बन्न सक्ने बताए । अपाङ्गता भएकाहरुलाई स्थानीय सरकारले सहयोग गर्दै आएको र अबका दिनपनि सहयोग गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*