माओवादी बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री
काठमाडौँ – नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भएका छन्।
प्रदेश सम्मेलनअन्तर्गतको निर्वाचनमा पौडेलले प्रतिस्पर्धी दिनानाथ गौतमलाई हराएका हुन्। निर्वाचनमा विजयी सहयात्रीले १६२ पाउँदा र प्रतिस्पर्धी गौतमले ८६ मत प्राप्त गरेका थिए।
सोमबार राति सार्वजनिक मत परिणामअनुसार उपाध्यक्षमा रूपा मर्हजन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना निर्वाचित भए। विजयी उपाध्यक्षहरु महर्जनले १७८, पुलामीले १३८ र ढुंगानाले १०१ मत पाएका थिए। तीन उपाध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको थितयो।
त्यस्तै सचिवमा इन्द्रबहादुर थिङ १४९ मतसहित विजयए भए। उनले रामचन्द्र अधिकारी र धर्म डंगोललाई पराजित गरेका थिए। पराजित अधिकारीले ७८ र डंगोलले १४ मत पाएका थिए।
तीन सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भए। ९ जनाको उम्मेदवारी परेको सहसचिवका विजयी बुर्लाकोटीले ११५, लामिछानेले १०९ र श्रेष्ठले १०८ मत पाएका थिए। कोषाध्यक्षमा संगीता भट्टराई १५३ मतसहित निर्वाचित भइन्। उनले तोत्रकुमारी अधिकारी र विदुर खड्कालाई पराजित गरेकी थिइन्। अधिकारीले ५८ मत र खड्काले २४ मतमात्रै पाए।
























