एमसीसीले गरिबी निवारण गर्छ – गृहमन्त्री खाँड

धनुषा । गृहमन्त्री बालकृष्ण खाँडले अमेरिकी सहयोग परियोजना एमसीसी प्रक्रिया अगाडि बढाउनु सरकारको दायित्व रहेको बताएका छन् ।

आज (मंगलबार) जनकपुरधाममा संचारकर्मीहरुसँग कुराकानी मन्त्री खाँडले सरकार एमसीसी परियोजना अगाडि बढाउने पक्षमा नै रहेको र यसले गरिबी निवारणमा मद्दत पुग्ने बताए । उनले यसअघिका सरकारकै पालामा एमसीसी परियोजनाका सबै प्रकृयाहरू अगाडि बढाइएको बताए । वर्तमान सरकारले यसलाई अगाडि बढाएर पास गराउनु सरकारकै दायित्व हुने उनको भनाइ थियो ।

अमेरिकी सरकारले एमसीसीमार्फत नेपालमा गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गर्नेबाहेक अन्य उद्देश्य नरहेको उनको भनाइ थियो । तर सरकारले चाहेर मात्र नहुने र सबै मुख्य राजनीतिक दलहरुको सहमति एवं सहाकार्यबाट नै एमसीसी प्रक्रिया अगाडि बढाइनेमा उनले प्रस्ट पारे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*