मकवानपुरगढीमा जिल्ला स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने

हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगिता मकवानपुरगढीमा हुने भएको छ । आमभञ्ज्याङ युवा क्लब मकवानपुरगढी ५ को आयोजनामा पुस १४ गतेबाट रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगिता हुने भएको हो ।

हेटौँडामा भएको पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिईएको हो । प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६६६ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्धितिय हुनेले ३३ हजार ३३३ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष राजेश अधिकारीले बताए । प्रतियोगितामा तृतीय हुनेले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष अधिकारीले बताए ।

मकवानपुरगढी भलिबल खेलको लागि यसअघि पनि चर्चामा रहेको भन्दै कार्यक्रम संयोजक इन्द्रप्रसाद सञ्जेलले प्रतियोगितालाई गाउँपालिकाको महत्वपूर्ण प्रतियोगितको रुपमा विकास गरिने बताए । मकवानपुरगढी गाउँपालिकाले प्रायोजन गर्ने प्रतियोगितामा प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, वेष्ट स्पाइकरलाइ २ हजार, वेष्ट सेटरलाई २ हजार, वेष्ट ब्लकरलाई २ हजार र अनुशासित टिमलाई ३ हजार पुरस्कार प्रदान गरिने संजेलको भनाई रहेको छ ।
प्रतियोगितामा टिम दर्ता गर्न २ हजार दस्तुर लाग्ने र टिम दर्ता १३ गते दिउँसो ३ बजे सम्म गरिसक्नुपर्ने उनको भनाई रहेको छ । प्रतियोगितामा एक दर्जन टिमहरुले सहभागिता जनाउने संभावना रहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*