एमालेले गर्यो बागमती प्रदेश सभा अवरुद्ध

हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरुद्ध गरेपछि बागमती प्रदेश सभाको आजको बैठक स्थगित भएको छ ।

आज बसेको बैठकमा एमाले नेता एवं पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले भागबण्डाको नाममा ७ वटा मन्त्रालयलाई १४ वटामा वृद्धि गरेर राज्यको स्रोतको चरम दुरुपयोग गरेको बाए ।

उनले मन्त्रालयको विषय, आफ्नो दलको कमिटी विस्तार नहुने वडामा सरकारले बजेट नहाल्ने मुख्यमन्त्रीको अभिव्यक्ति, प्रदेशको महत्वका योजनाहरुको कटौती विषयमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले जवाफ नदिएसम्म प्रदेश सभा चल्न नदिने बताए ।

पौडेलले बोलेपछि एमाले सांसदहरुले प्रदेश सभा अवरुद्ध गरेका हुन् । बैठक अवरुद्ध भएसंगै सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक पुस ८ गते बिहान ११ बजे बस्ने गरि स्थगित भएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*