रञ्जु दर्शनाले गरिन् विवेकशील साझा पार्टी परित्यागको घोषणा

काठमाडौं । रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन् । आज (विहीबार) पार्टी अध्यक्ष रविन्द्र मिश्रलाई पत्र लेख्दै साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।

वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठनको मुल नेतृत्वमा आफूले अधिकतम ढोंग पाएको बताउँदै पत्रमा भनेकी छन्, ‘वि.सं. २०७० बाट सुरु भएको राजनीतिक यात्रामा कैयौं उताव–चढावहरु आए, जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ । तर, राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाए ।’

त्यस्तै उनले नेतृत्वकै कारण राजनीतिमा आउन चाहने युवा–पुस्तालाई समेत विश्वासको संकट उत्पन्न भएको बताएकी छन् । रञ्जुले आफ्नो पत्रमा भनेकी छन्, ‘संघीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मूल चरित्र नै दुर्घन्दित बनाएर भइरहेका सम्पूर्ण कदम, व्यवहारले अगामी दिनका नयाँ पुस्तालाई समेत नवीनतम सोच बोकेर नेपाली राजनीतिमा आउन बाधा एवं विश्वासको खडेरी खडा गर्ने अवस्थाको सिर्जना भएको छ ।’

रञ्जु दर्शनाले वि.सं. २०७४ सालको स्थानीय चुनावमा काठमाडौंको मेयरकी उम्मेदवार दिएकी थिइन्, तर उनी पराजित भएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*