मकवानपुरको छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला

मकवानपुर । मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा दुई जना महिलाको शव फेला परेको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ सिचाईटोल र मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ डुम्रेकुनामा दुई जना महिलाको शव झुण्डिएको अवमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार, आज (शुक्रबार) दिउँसो साढे २ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ सिचाँईटोल बस्ने १८ वर्षीया आरती घिमिरे आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको हो । यस्तै, आज बिहान नै मकवानपुरगढी–६ बस्ने ४२ वर्षीया सुनमाया रुम्बा गोलेको शव घर नजिकैको अम्बाको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको हो । हाल दुबै जनाको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरी निरीक्षक दासले बताए ।

त्यस्तै, जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ७ सुकौरामा आज बिहान एक जना पुरुषको शव फेला परेको छ । उक्त स्थानमा अन्दाजी २५ वर्षीय एक पुरुषको शव फेला परेको प्रहरी निरीक्षक दासले जानकारी दिए । उनका अनुसार, ती पुरुषको शवको भने हाल पहिचान खुलेको छैन । उनको शव पनि पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ । यी तीनवटै घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*