मैले हारे पनि मेरो एजेण्डाले जितेको छ – शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा आफूले हारेर पनि जितेको बताएका छन् ।

शनिबार भएको कोइराला सेवा समाजको २६ औं बार्षिक साधारण सभामा उनले आफू पुस्तातरण र रुपान्तरणको एजेण्डा लिएर महाधिवेशनमा प्रतिस्पर्धा गरेको बताए । आफूले सभापतिमा चुनाव हारेपनि आफ्नो एजेण्डा जितेको भन्दै कोइरालाले भने, ‘कहिलेकाहीँ हारेर पनि जितिँदोरहेछ । मैले हारेर पनि जितेको छु, मेरो एजेण्डाले जितेको छ । त्यसमा मलाई गर्व छ ।’

निर्वाचनमा हार जित हुनु स्वाभाविक भएको, तर हारबाट सिक्नुपर्ने उनले बताए । आफूले पनि सिकेको भन्दै कोइरालाले भने, ‘परिवार एक ठाउँमा उभिन्छ भने त्यो परिवारले राष्ट्रका निम्ति केही न केही गर्न सक्छ भन्ने सत्य जस्तै लाग्यो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*