बकैयाको एक टोलनै विभिन्न पार्टी परित्याद गर्दै एमालेमा प्रवेश

बकैया । मकवानपुरको बकैया गाउँपालिकाको ११ नंबर वडाको एक टोलनै विभिन्न पार्टी परित्याद गर्दै नेकपा एमालेमा प्रवेश गरेको छ ।

आज सोमबार भएको एक कार्यक्रमका बिच गाउँपालिकाको वडा नंबर ११ को पिपलडाँडा टोलनै एमालेमा प्रवेश गरेको एमाले मकवानपुरका जिल्ला सदस्य एवं बकैया-४ का वडा अध्यक्ष राजन दंगालले जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेस परित्याग गर्दै दर्ज बहादुर गोले,चरियामा थिङ र स्वतन्त्र लोकमान गोलेको नेतृत्वमा ६० जना एमालेमा प्रवेश गरेका हुन् ।

उनिहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं मकवानपुर सह-ईन्चार्ज कृष्ण प्रसाद दाहालले टिका र खादा लगाएर स्वागत गरे ।

एमाले बकैया गाउँपालिका कमिटी अध्यक्ष गोपाल दाहालको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य दलबहादुर वाईवा,जिल्ला सदस्य बेलप्रसाद दाहाल,राजन दंगाल,नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य दिपक न्यौपाने लगाएत एमाले गाउँकमिटीका पदाधिकारी उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*