मकवानपुरको दामनमा बाक्लो हिमपात

१४ पुस,हेटौंडा । मकवानपुरको पर्यटकीय क्षेत्र दामन र सिमभञ्याङ क्षेत्रमा बाक्लो हिमपात सुरु भएको छ ।

उक्त क्षेत्रमा बिहानैबाट हिमपात भईरहेको छ । मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा बिहानैबाट निरन्तर हिमपात हुँदा हेटौंडा-काठमाण्डौ जोड्ने पुरानो सडकमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*