सार्क एजुकेशन फाउण्डेशनद्वारा पढ्दै कमाउँदै अभियान सुरु

१४ पुस,हेटौंडा । सार्क एजुकेशन फाउण्डेशन तथा नारायणी कलेजले बिबिएसमा अध्ययन गर्ने विद्यार्थीको लागि पढ्दै कमाउँदै अभियान सुरु गरेको छ । मंगलबार बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलेजले उक्त अभियानबारे विद्यार्थी तथा अभिभावकलाई जानकारी दिएको हो । समारोहलाई सम्बोधन गर्दै सभामुख श्रेष्ठले विद्यार्थीको पढाइसंगै उनीहरुको क्षमता विकास गर्ने उदेश्यका साथ ल्याइएको उक्त कार्यक्रमकोे प्रशंसा गरे । कलेजको योजनाअनुरुप सो कार्यक्रम कार्यान्वयन गर्न सके विद्यार्थीको क्षमता अभिबृद्धि हुनुको साथै राष्ट्रले नै सबल र सक्षम जनशक्ति प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरे ।

कलेजले आजै विद्यार्थी तथा अभिभावकहरुसंग सो अभियानको विषयमा बृहत अन्तरक्रियासमेत गरेको छ । मोटिभेस्नल स्पिकर योगी नवराज छमले अन्तरक्रियामा सहभागीको जिज्ञासालाई सम्बोधन गर्नुको साथै अभियानबारे जानकारी प्रदान गरेका थिए । फाण्डेशनको कार्यकारी अधिकृत लक्ष्मण बस्नेतको सभाध्यक्षतामा भएको अन्तरक्रियामा कार्यक्रम निर्देशक किशन बास्तोलाले अभियानबारे प्रष्ट्याएका थिए । निर्देशक बास्तोलाले कलेजले बिबिएसमा अध्ययन गर्ने विद्यार्थीले कसरी पढ्दै कमाउँदै गर्न सक्छ भन्ने विषयमा अध्ययन गरेर आफुहरुले उक्त कार्यक्रम अघि सारेको बताए । कलेजले थप शुल्क नलिइकन विद्यार्थीलाई अध्ययनकै शिलशीलामा विभिन्न शिपमुलक तालिम प्रदान गरी कम्तिमा पनि पढाइ खर्च उनीहरु आफैँले जुटाउन सक्ने वातावरण बनाइदिने यो अभियानको लक्ष्य रहेको बताए ।

‘हामी विद्यार्थीलाई कम्तिमा पनि आफ्नो पढाइ खर्च जुटाउन सक्ने बनाउँछौँ । अध्ययनकै शिलशीलामा उनीहरुलाई जनशक्तिको रुपमा विभिन्न क्षेत्रमा कामको व्यवस्था मिलाउँछौँ । बिबिएस अध्ययन पुरा गर्दासम्म उनीहरुलाई दक्ष जनशक्तिको रुपमा विकास गर्ने हाम्रो उदेश्य हो । यो अभियानले विद्यार्थीलाई अध्ययनपश्चात क रोजगारी गर्ने होला भन्ने चिन्ता हुँदैन ।’ उनले भने । नेपालमा नै पहिलो पटक पढाइलाई व्यवसायिक सिकाइमा रुपान्तरण गर्दै विद्यार्थीलाई दक्ष जनशक्तिको रुपमा उत्पादन गर्ने योजना आफुहरुको रहेको उनले स्पष्ट पारे । यो अभियान बेरोजगारी समस्याको सामाधान हुनसक्ने उनको भनाई छ ।

फाउण्डेशनको कार्यकारी अधिकृत लक्ष्मण बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, क्याम्पस प्रमुख रघुनाथ खराल, क्याम्पसका शिक्षकहरु कमल नेपाल, मनोज यादव, सरिता तिवारी, सन्दिप न्यौपानेलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*