सिमभञ्याङ र दामन क्षेत्रमा हिमपातले त्रिभुवन राजपथ अवरुद्ध , आज दिउँसोसम्म खुलाउँने तयारी
हेटौंडा । मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा बुधबार वर्षा र हिमपात हुँदा पछिल्लो २४ घण्टादेखि हेटौंडा – काठमाण्डौ जोड्ने पुरानो सडकमार्ग त्रिभुवन राजपथ अवरुद्ध रहेको छ ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटाले अघोर,सीमभञ्ज्याङ र दामन क्षेत्रको उक्त सडक मार्गमा २ फिट सम्म हिउँ जम्दा सडक अवरुद्ध भएको बताए ।
उनले हालसम्म पनि सडकमा हिउँ जम्दा हेटौंडाबाट काठमाडौँ तर्फ काठमाडौँबाट हेटौंडातर्फ आउने विभिन्न सवारीसाधन सञ्चालन गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम भएकोले यातायात संचालनमा रोक लगाईएको बताए ।
उनले बुधबार बिहान देखि साँझसम्मनै हल्का वर्षा र निरन्तर हिमपातले सडक खुलाउन नसकिएको र आज बिहिबार दिउँसोसम्म नगरपालिकासंग समन्वय गरेर हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भईरहेको समेत बताए ।
























