बागमती सरकारले खर्च बढाउने काम मात्र गर्योः निर्वतमान मुख्यमन्त्री शाक्य

फाखेल । नेकपा एमालेको उपाध्यक्ष एवं बागमती प्रदेशको निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश सरकारले मन्त्रालय फुटाएर जनताको हित विपरित काम गरेर खर्च बढाउने काम मात्र गरेको टिप्पणी गरेकी छन् ।

शनिबार मकवानपुरको फाखेलमा एमाले ईन्द्रसरोबर गाउँपालिका ४ नंबर वडा कमिटीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान मुख्यमन्त्री शाक्यले प्रदेश सरकाले भागबन्डाको नाममा मन्त्रालयहरुलाई टुक्राएर खर्चहरु बढाउने र जनतालाई थप आर्थिक भार हुने काम मात्र गरेको बताईन् । उनले अहिलेको प्रदेश सरकारले खर्च मात्र बढाउन र आफ्नो स्वार्थ पुरा गर्न मन्त्रालयहरु थप गरेको बताईन् ।

उनले भनिन्ः अहिलेको बागमती प्रदेश सरकाले आफ्नो स्वार्थ पुरा गर्न मन्त्रालयहरु मात्र बढाईरहेको छ । खर्च बढाईरहेको छ । जनताको हितमा छैन् । यो अत्यन्तै गलत काम हो । यसले मुलुकलाई अगाढी बढाउन सक्दैन् ।

यसैगरि,कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले कम्युनिस्ट आन्दोलनमा नख्खु जेल ब्रेक गरेर निस्केका नेताहरुलाई फाखेलले संरक्षण दिएको भन्दै सम्मान व्यक्त गरिन् । उनले केहि महिनामै आफुहरुले संघर्षशिल यौद्धा पुस्तक प्रकाशन गर्ने तयारीमा रहेको बताउँदै पुष्तकमा यहाँको कम्युनिस्ट ९१ वर्षीय सानुकान्छा लामा र स्वर्गिय वीर बहादुर लामाको योगदानको चर्चा हुने बताईन् । उनले कम्युनिस्ट आन्दोलनले देशमा आमुल परिर्वतन आएको बताईन् ।

उनले जनताको हितमा काम गर्ने पार्टी एमाले मात्र भएको बताईन् । उनले एमालले राष्ट्र र राष्ट्रियताको सवालमा बोल्ने देखि जनताको दुःखमा बोल्ने गरेको बताईन् । उनले स्थानीय,प्रदेश र केन्द्र तीनै तहको निर्वाचनको कुरा उठिरहेको बताउँदै तयारी अवस्थामा रहनुपर्ने बताईन् । उनले पार्टीको सबै संगठनहरुलाई बलियो बनाउन र निर्वाचनको तयारी अवस्थामा रहन निर्देशन दिईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*