माओवादीको आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । आज बस्ने तय भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज तय भएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधिसभा बैठक स्थगित भएको स्रोतले बतायो ।

आजको प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्ने तय भएको थियो । सो बैठकमा थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची थियो । तर माओवादी केन्द्रले संसद बैठक स्थगित गरिदिन आग्रह गरेको थियो ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन यही पुस ११ गतेदेखि काठमाडौंमा जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*