माओवादीको नवनिर्वाचित केन्द्रीय समितिको बैठक आज
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।
नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ । बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ ।
आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो ।
























