राष्ट्रियसभा निर्वाचन – बागमतीमा एमालेले पनि गरायो उम्मेदवारी दर्ता
हेटौंडा । राष्ट्रियसभाको बागमती प्रदेशको रिक्त पदका लागि प्रमुख प्रतिपक्षय दल नेकपा एमालेको तर्फबाट दुई जनाले उम्मेदवारी दिएका छन् । बागमती प्रदेशमा रिक्त रहेको दुई पदमा एमालेबाट सिन्धुलीकी निरकुमारी कुँवर (निरु) दर्लामी र ललितपुरका गोपाल शाक्यले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रदेश निर्वाचन कार्यालय हेटौंडामा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।
राष्ट्रियसभाको निर्वाचन १२ माघमा हुँदै छ ।
निर्वाचनका लागि सत्ता गठबन्धनले साझा उम्मेदवारी दिने सहमति गरिसकेको छ ।
नेकपा एमाले भने एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिँदैछ ।
























