आज पनि बस्दै शेखर कोइराला पक्षका नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज पनि आफू पक्षीय नेताहरूको बैठक आह्वान गरेका छन् ।

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र १४ औं महाधिवेशनको समीक्षा गर्न भन्दै कोइरालाले आज दिउँसो दुई बजे आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् ।

कोइराला निकट नेता बलबहादुर केसीले दिउँसो २ बजे बैठक बस्ने पुष्टि गर्दै स्थान भने निश्चित नभएको बताए ।

कोइराला निकट अर्का एक नेता चन्द्र भण्डारीले भने बैठक सिंहदरबार नजिकको बसेरा होटलमा बस्ने बताए । नेता भण्डारीका अनुसार १४ औं महाधिवेशनमा उम्मेदवार बनेकाहरुलाई बैठकमा बोलाइएको छ ।

कोइराला पक्षीय नेताहरुको बैठक मंगलबार पनि बसेको थियो । उक्त बैठकले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अगाडि बढेको र आफूहरुलाई शक्तिका रुपमा स्वीकार नगरेको निष्कर्ष निकालेको थियो । कांग्रेसको १४ औं महाधिवेशनमा कोइराला सभापति पदमा देउवासँग पराजित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*