एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ सर्वसम्मत चयन
हेटौंडा । नेकपा एमाले मकवानपुरको सम्पन्न ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा एकालाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष श्रेष्ठसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा लाल बहादुर थापा, सचिवमा नविन सिग्देल सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरि खुल्ला तर्फका उपसचिवमा हिदम लामा र महिला तर्फको उपसचिवमा सिता विष्टसर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । ११ अधिवेशनबाट पदाधिकारीसहित १ सय ५ जना सदस्यीय जिल्ला कमिटी निर्वाचित भएका छन् ।
























